किड्स काभ्रे प्रतियोगिताको उपाधि रुभाना र आर्दशलाई

नौलो समाचार संवाददाता
२०८१ बैशाख १६, आईतबार मा प्रकाशित ८९ पटक पढिएको
किड्स काभ्रे प्रतियोगिताको उपाधि रुभाना र आर्दशलाई

बनेपा /  किड्स काभ्रेको उपाधि रुभाना मानन्धर र आर्दश बञ्जाराले पाएका छन् ।

सिल्भर साइन इन्टरटेन्मेन्टले गरेको तेस्रो सस्करणको प्रतियोगिताको उपाधी बालिकातर्फ मानन्धर र बालकतर्फ बञ्जाराले जितेका हुन् ।

बालिकातर्फ अनिभा आले मगर र बालकतर्फ पाल्देन लामा फस्ट रनर अप भए । सेकेन्ड रनर अपमा बालिकातर्फ सङग्या थिङ तामाङ र बालकतर्फ अनुस राजबहाक छन् । प्रतियोगितामा प्रनिशा गौतम र रियान के.सीले जुरी अवार्ड पाएका छन् ।

बेष्ट ड्रेस अवार्ड स्वस्तिश्री रन्जितकार, बेष्ट वाक आसियाना श्रेष्ठ, बेष्ट ट्यालेन्ट रुभाना मानन्धर, फोटोजेनिक प्रनिशा गौतम, पर्सनालिटी आदर्श बन्जारा, स्टाइलिस जयाक्लिन जस्पाउ, पपुलर मेल सुभान मानन्धर, पपुलर फिमेल अनिभा आलेमगर, क्युट आत्मिक केसि, जोलि नेचर पाल्देन लामा र बेस्ट स्माइल रियान केसिले जिते ।

प्रतियोगितामा ८ बालक र ८ बालिका गरी १६ जनाको सहभागिता थियो ।

विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले पुरस्कार वितरण गरेका थिए । गौतमले बालबालिकामा भएका प्रतिभा प्रस्फुटन गराउनका लागि यस प्रकारको कार्यक्रम निकै प्रभावकारी हुने बताए ।

 


प्रतिक्रिया दिनुहोस