नेपाल तरुण दलको भवन बनाउन केन्द्रीय सदस्य स्मिता मोक्तानले गरिन् १ लाख सहयोग

नौलो समाचार संवाददाता
२०८१ बैशाख १६, आईतबार मा प्रकाशित ८५ पटक पढिएको
नेपाल तरुण दलको भवन बनाउन केन्द्रीय सदस्य स्मिता मोक्तानले गरिन् १ लाख सहयोग

काभ्रे /  नेपाल तरुण दलको भवन निर्माणको लागि केन्द्रीय सदस्य स्मिता मोक्तान तामाङले १ लाख सहयोग गरेकी छन् ।

स्मिताले केन्द्रीय अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेकी हुन् ।

आफ्नो संगठनको भवन निर्माणको लागि सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताइन् ।

तरुण दलले रविभवनमा रहेको जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने बताएको छ ।

हालसम्म केन्द्रीय सदस्यहरुबाट ५८ लाख २३ हजार १ सय २ रुपियाँ संकलन भइसकेको छ । जेठको अन्तिम साताबाट भवन निर्माण कार्य अघि बढ्ने तरुण दलले जनाएको छ ।

अध्यक्ष गुरुङले आर्थिक सहयोग गर्ने सबै केन्द्रीय सदस्यहरूप्रति आभार प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस