डढेलो बस्तीमा फैलदा १४ घर जले

नौलो समाचार संवाददाता
२०८१ बैशाख १८, मंगलबार मा प्रकाशित १४२ पटक पढिएको
डढेलो बस्तीमा फैलदा १४ घर जले
तस्विर सौजन्य : जिल्ला प्रहरी कार्यालय काभ्रे

रोशी / वनमा लागेको डढेलो बस्तीमा फैलदा रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा १४ घर जलेका  छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार, प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको छ ।

डढेलो भने नियन्त्रणमा आइसकेको छैन । मानवीय र पशुचौपाया क्षति नभएको उनले जानकारी दिए ।

अन्य क्षति यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस