आगलागी पीडितलाई रोशी उद्योग वाणिज्य संघले सहयोग गर्यो जस्तापाता र खाद्यान

नौलो समाचार संवाददाता
२०८१ बैशाख २३, आईतबार मा प्रकाशित २०८ पटक पढिएको
आगलागी पीडितलाई रोशी उद्योग वाणिज्य संघले सहयोग गर्यो जस्तापाता र खाद्यान

रोशी  /  रोशी गाउँपालिका वडा नं ४ महादेवटार, सानोपोटाका आगलागी पीडितलाई रोशी उद्योग वाणिज्य संघले जस्तापाता र खाद्यान सहयोग गरेको छ ।

विभिन्न उद्योग व्यवसायीहरु, दाताहरुसँग सहयोग संकलन गरेर उद्योग वाणिज्य संघले १ लाख ६० हजार बराबर १२ फिटको १५ वण्डल जस्तापाता र खाद्यान्न हस्तान्तरण गरेको अध्यक्ष मनिष बलले जानकारी दिए । उनल आवस्यकताका आधारमा अन्य सहयोग गर्दै जाने बताए ।

अध्यक्ष मनिस बल, महासचिव विकास लामा, सचिव निर्जला थापा, कार्यसमिति सदस्य मन्जु लामालगायत संघको कार्यसमिति राहत लिएर बस्तीमा पुगेको थियो ।

डढेलो बस्तीमा छिर्दा सो स्थानमा १५ घर जलेका थिए ।

प्रतिक्रिया दिनुहोस