ताराले एकैपटक सार्वजनिक गरिन् नेपाली र सुनुवार भाषाको गित (भिडियोसहित)

नौलो समाचार संवाददाता
२०८१ बैशाख २४, सोमबार मा प्रकाशित ६७१ पटक पढिएको
ताराले एकैपटक सार्वजनिक गरिन् नेपाली र सुनुवार भाषाको गित (भिडियोसहित)

काठमाडौं /  निजामति सेवामा रहेकी कवि तथा गितकार तारा सुनुवारले एकै पटक दुई भाषामा गित सार्वजनिक गरेकी छन् ।

नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखामा कार्यरत  ताराकै शव्दमा रहेको दुवै गितमा स्वर पनि उनैले दिएकी छन् ।

‘झिलिमिली तारा’ नामक नेपाली भाषाको गीतमा संगित तथा ऐरेन्ज पुष्कर सुनुवारले गरेका छन् भने पुष्कर सुनुवारको स्वर पनि रहेको छ ।

https://www.youtube.com/watch?v=rdHNtkf_Cxs

सुनुवार भाषाको गीत ‘रोको पाँ भीर’ मा रामकुमार पौडेलको संगित छ भने बिष्णु तामाङले एरेन्ज गरेका छन् ।

https://www.youtube.com/watch?v=SGpbYhVgMpc

अनामनगरमा सोमबार सुनुवार राष्ट्र सेवक समाजले आयोजना गरेको कार्यक्रममा साहित्यिक पत्रिका शारदा मासिकका सम्पादक रहेका लेखक तथा वरिष्ठ साहित्यकार विमल भौकाजीले गीत विमोचन गरेका हुन् ।

सर्जक तारा सुनुवारले आफ्नो भाषाको संरक्षण गर्न सुनुवार भाषाको गीत रचना गरी गाएको बताइन् । सुुनुवार भाषाको गीतको म्युजिक भिडियोमा उनको ९० बर्षीय फुपाजु र ८८ बर्षीय फुफुलाई समेटिएको छ । आफु जन्मेको घर, गाउँ जीवन्त राख्न र दोलखाको प्राकृति सुन्दरताको उजागर गर्न पनि भिडियोसहितको गित रचना गरेको ताराले बताइन् ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य उर्मिला सुनुवार, लोकतान्त्रिक किराँत सुनुवार संघीय समिति अध्यक्ष एवं टोखा नगरपालिका कार्यपालिका सदस्य प्रेमकुमार सुनुवार, सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष अमृत सुनुवार, गोरखापत्र नयाँ नेपाल पृष्ठका सहसम्पादक विमला सुनुवार, गीतकार जीवन मुकारूङ, अशोक मुकारूङ, संगितकार पुष्कर सुनुवार, महेश ज्ञवाली, कवि दिल पौडेल लगायतको उपस्थिती थियो ।

कार्यक्रममा समाजका अध्यक्ष अमरदीप सुनुवार उपाध्यक्ष डम्बर बहादुर सुनुवार, सहसचिव फौद सुनुवार लगायतले गित र भाषाका विभिन्न पक्षबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस