डढेलो लगाउनेलाई ‘वन मुद्दा’

नौलो समाचार संवाददाता
२०८१ बैशाख २५, मंगलबार मा प्रकाशित १०९ पटक पढिएको
डढेलो लगाउनेलाई ‘वन मुद्दा’

मण्डनदेउपुर / डढेलो लगाएको आरोपमा मण्डनदेउपुर ११ का युवालाई वन मुद्दा दायर गरिएको छ ।

२०८० चैत्र २८ गते मण्डनदेउपुर नगरपालिका ११ स्थित तर्किन्टार राष्ट्रिय वनमा आगलागी गरिरहेको अवस्थामा फेला परेका सोही स्थानका ३१ बर्षीय मैते तामाङलाई २०८१ वैशाख २३ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा दायर गरेको उक्त मुद्दाका अनुसन्धान अधिकृत रहेका वन अधिकृत हरिचन्द्र तिमल्सिनाले जानकारी दिए ।

तामाङ उपर वन ऐन, २०७६ को दफा ४९(घ) को कसुर गरेकोमा दफा ५०(४) बमोजिम वन जंगल मा डढेलो लगाइ हानी नोक्सानी गरेको विगो ५० हजार र जलेको पाइप तथा तार को ३० हजार ५ सय असुल गरी ३ वर्ष कैद, ६० हजार जरिवाना वा दुवै को मागदाबी गरिएको छ ।

१० रोपनी क्षेत्रफलमा लागेको वन डढेलोले काभ्रे खोला तरकिनटार सिंचाई तथा खानेपानी समितिको सिंचाई पाइप ५० मिटर, खानेपानीको पाइप ५० मिटर र सोलारको तार ५० मिटर समेत जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस