जिरोकिलोमा जलेको अवस्थामा मानिस मृत फेला, जलाएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थाल्यो

नौलो समाचार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार मा प्रकाशित ६५ पटक पढिएको
Post Thumbnail

पाँचखाल /  पाँचखाल नगरपालिका वडा नं ४ स्थित विराजे खोल्सा जंगलमा जलेको अवस्थामा मानिस मृत फेला परेका छन् ।

जिरोकिलो–मेलम्ची सडक खण्डबाट करिब ५० मिटर तल खोल्सामा अन्दाजी २५ बर्षको मानिस जलेको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, ती व्यक्तिको मुख र छातिमा फलामको तारले रुखमा बाधी आगो लगाएको अबस्थामा मृत लाश फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो । हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

लाश अन्दाजी १५/२० दिनको जस्तो सडे गलेको अबस्थामा रहेकोले शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस