श्रीराम माविका विद्यार्थीलाई ट्रयाक सुट

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार मा प्रकाशित १२२ पटक पढिएको
श्रीराम माविका विद्यार्थीलाई ट्रयाक सुट

खोपासी /  पनौती नगरपालिका वडा नं १० स्थित श्रीराम माध्यमिक विद्यालयका विद्याथीलाई ट्रयाक सुट वितरण गरिएको छ ।

कक्षा १ देखि १० सम्म भर्ना भएका १ सय ८० विद्यार्थीलाई निशुल्क रुपमा ट्रयाकसुट वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ गिरीले जानकारी दिए ।

नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न आयोजित कार्यक्रममा पनौती वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारीले विद्यार्थीहरुलाई उक्त पोशाक वितरण गरेका हुन् ।

सोही विद्यालयमा २९ बर्षसम्म सेवा गरी हालै निवृत भएका शिक्षक उत्तम महतलाई पनि सोही कार्यक्रमबाट विदाई गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस