बेथानचोक कप भलिवलको उपाधि खानीखोलालाई

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १२, शनिबार मा प्रकाशित १३१ पटक पढिएको
बेथानचोक कप भलिवलको उपाधि खानीखोलालाई

ढुंखर्क /  पाँचौं संस्करणको बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधि खानीखोला गाउँपालिकाले उचालेको छ ।

मण्डनदेउपुर नगरपालिकाको टिम दोस्रो हुँदा आयोजक बेथानचोक र महाभारतले तेस्रो स्थानमा चित्त बुझाएका छन् । बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ८० हजार, द्वितीयले रु. ५० हजार, तृतीयले २०/२० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । ढुंखर्कस्थित पार्वती मा.वि.को खेल मैदानमा आयोजित प्रतियोगितामा कूल १७ वटा टिम आमनेसामने भएका थिए ।

प्रतियोगितामा बेष्ट स्पाइकर मण्डनदेउपुर नगरपालिका टिमका केशव गौतम, बेष्ट ब्लकमा मण्डनदेउपुरकै सुरेशकुमार श्रेष्ठ, बेष्ट सेटरमा खानीखोला गाउँपालिकाका सुवास थोकर, बेष्ट डिफेण्डरमा मण्डनदेउपुरका प्रविण सापकोटा र बेष्ट सर्भरमा खानीखोलाका मनराज आलेमगर छनोट भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी खानीखोलाकै उमेस रानामगर घोषित हुनुभयो ।

समापन समारोहलाई सम्वोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खेलकुद क्षेत्रमा लगानी गर्न गाउँपालिका प्रतिबद्ध भएको बताए ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले उत्साहपूर्वक खेल क्षेत्रमा लागेका खेलाडीले निराश हुनु नपर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस