काभ्रे उद्योग वाणिज्य संघको निर्वाचन : राजन मानन्धरको प्यानल सार्वजनिक

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित १२४ पटक पढिएको
काभ्रे उद्योग वाणिज्य संघको निर्वाचन : राजन मानन्धरको प्यानल सार्वजनिक

बनेपा  /  काभ्रे उद्योग वाणिज्य संघको ४२ औं बार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गतको निर्वाचनको लागि अध्यक्ष पदका उम्मेदवार राजन मानन्धरले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।

बनेपामा मतदाता भेटघाट तथा उम्मेदवार परिचयात्मक कार्यक्रम गरेर समूहले आफ्नो प्यानल सार्वजनिक गरेको हो ।

उक्त प्यानलबाट बरिष्ठ उपाध्यक्षमा रविन्द्र बैदार, उपाध्यक्षमा राजेन्द्र जोशी र सुरेश भोछिभोया, महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा श्रीकृष्ण थापा, सह मुख्य संयोजकमा रवि तौजले, सहसचिवमा रामकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा रामकुमार श्रेष्ठ छन् ।

खुल्ला सदस्य पदमा हरिशचन्द्र अधिकारी, निर्दोष पलाञ्चोके, श्रीप्रकाश प्रधान, रजेन्द्र पसछें, रहदेव पोटे, नारायणप्रसाद तिमल्सिना (शिव), सजन मानन्धर, डोरनाथ गोतामे र सुरेश श्रेष्ठ छन् ।

सो समूहबाट महिला सदस्यमा उम्मेदवारी दिएका पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, बस्तुगत सदस्य प्रेमबहादुर तामाङ
र एशोसिएट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध निर्वाचित भइसकेका छन् ।

महासंघका पूर्व अध्यक्ष पूर्ण पलाञ्चोक, लक्ष्मीलाल राजभण्डारी, दियेशरत्न शाक्य र वर्तमान अध्यक्ष राजेन्द्र पसछें लगायतको समर्थन यो समूहलाई छ । कार्यक्रममा उपस्थित भएर उनीहरुले संघमा लामो समय योगदान गरेका मानन्धरलाई जिताउन सबै सदस्यलाई अनुरोध गरेका थिए ।

सदस्य, उपाध्यक्ष, विशिष्ठ आमन्त्रित सदस्य लगायतका पदमा रहेका २६ बर्ष संघमा काम गरेका मानन्धर खाद्यान व्यवसायी हुन् ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी मानन्धरले व्यवसायीको हकहित नै आफ्नो प्रमुख अजेण्डा भएको बताए ।


प्रतिक्रिया दिनुहोस