बनेपामा बास्केटबल प्रतियोगिता हुने

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित १७४ पटक पढिएको
बनेपामा बास्केटबल प्रतियोगिता हुने

बनेपा /  काभ्रे बास्केटबल संघको आयोजनामा बनेपामा बास्केटबल प्रतियोगिता हुने भएको छ ।

जेठ २६ गते ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको प्रांगणमा हुने प्रतियोगितामा देशभरका २० भन्दा बढी टिमको सहभागिता हुने कार्यक्रम संयोजक शिव थापा मगरले जानकारी दिए ।

खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासित बनाउनुको साथै स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न र समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।

एक दिवसीय खेलमा विजेता टिमलाई नगद २५ हजार र दोस्रो हुने टिमलाई १५ हजार नगदका साथै विभिन्न्न पुरस्कार प्रदान गरिनेछ ।

काभ्रे बास्केटबल संघले विगतमा पनि यस्ता प्रतियोगिता गर्दै आएको छ । यस्ता प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने योग्य बनाउने अपेक्षा आयोजकको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका उपाध्यक्ष पवनकुमार थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले खेल क्षेत्रमार्फत काभ्रे जिल्लाको पहिचान बनाउनुपर्ने धारणा राखे ।

 


प्रतिक्रिया दिनुहोस