काभ्रे उद्योग वाणिज्य संघको निर्वाचन : ‘एक्लै’ चुनाव लड्दै वसन्त

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार मा प्रकाशित १०९ पटक पढिएको
काभ्रे उद्योग वाणिज्य संघको निर्वाचन : ‘एक्लै’ चुनाव लड्दै वसन्त

बनेपा /  काभ्रे उद्योग वाणिज्य संघको ४२ औं साधारणसभा तथा निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार वसन्तनारायण भोछिभोयाले ‘एक्लै’ उम्मेदवारी दिएका छन् ।

अघिल्लो अघिवेशनमा अध्यक्षका प्रत्यासी रहेका भोछिभोयाले यो पटक प्यानल निर्माण नगरी अध्यक्ष पदमा पुन दाबेदारी प्रस्तुत गरेका हुन् ।

हाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका तत्कालिन केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, प्रकाश मानन्धर, कृष्ण गोपाल भैल लगायतको समर्थन रहेका भोछिभोयाले गत निर्वाचनमा हार बेहोर्नु परेको थियो ।

सोही समूहले अहिले अध्यक्ष पदमा प्रताप वैद्यलाई समर्थन गरेको बुझिएको छ ।

अध्यक्षका प्रत्यासी भोछिभोयाले ०७२ सालको भुकम्प तथा विश्व महामारीको रुपमा फैलिएको कोरोनाबाट भर्खरै उठ्दै गरेको व्यापार र अर्थतन्त्रमा केहि सुधार ल्याउनुपर्छ भन्ने उध्येयले अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

२०६५ मा कार्यसमिति सदस्यको रुपमा काभ्रे उद्योग बाणिज्य संघमा प्रवेश गरेर मेला सह संयोजक, मुख्य संयोजक, कोषाध्यक्ष, उपाध्यक्ष तथा अघिल्लो निर्वाचनमा अध्यक्षको प्रत्यासी थिए ।

 


प्रतिक्रिया दिनुहोस