धुलिखेल / जिल्लाका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुले विद्यालय सुधार्ने प्रतिवद्धता जनाएका छन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ र नेपाल शिक्षक महासंघको अगुवाईमा ‘हामी सुधार्छौ हाम्रो विद्यालय’ अभियान अन्तर्गत धुलिखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले सफल विद्यालयका असल अभ्यासहरु अनुशरण गर्दै विद्यालय सुधार थाल्ने बताएका हुन् ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा सहभागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरुले विद्यालयका समस्या, सुधारका लागि लागि गरिएका प्रयास बारे जानकारी दिँदै सुधारका उपाय खोजेका थिए ।
कार्यक्रममा पनौती वडा नं ८ मा रहेको भालेश्वर माध्यमिक विद्यालय र धुलिखेल वडा नं १० मा रहेको बालज्योती आधारभूत असल अभ्यासका बारे चर्चा गर्दै अन्तरक्रिया गरियो ।
स्थानिय तहका जनप्रतिनिधी, शिक्षा शाखाका प्रमुख समेतको सहभागितामा भएको कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला विद्यालय सुधार्ने अभ्यास र उपाय, शिक्षाविद प्रा. डा. पेशल खनालले विद्यालयको नेतृत्व शैली र सिपहरु, विश्लेषक एवं स्थानीय शासन विज्ञ सोमत घिमिरेले विद्यालय शिक्षाको सामुदायिकीकरण र स्थानीयकरण र नारायण नमूना माध्यमिक विद्यालयको पुर्व प्रधानाध्यापक एवं अभियन्ता पूर्ण दवाडीले अभिभावक परिचालनबारे कार्यपत्र प्रस्तुत गर्दै छलफल चलाएका थिए ।
कार्यक्रममा जिल्ल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोेक्तान लगायतले विद्यालय सुधारको लागि सरोकारवालाहरु सबैको उत्तिकै भूमिका भएको बताए ।
यस्तो छ प्रतिवद्धता
मिती २०८१ जेठ १८ गते शुक्रबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ र नेपाल शिक्षक महासंघको आयोजना तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशसँगको सहकार्य र शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलान्चोकसँगको समन्वयमा ‘हामी सुधार्छौँ हाम्रो विद्यालय‘ राष्ट्रिय अभियान अन्तर्गत शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रममा काभ्रेपलान्चोक जिल्लाका सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र प्रधानाध्यापकहरु वीच भएको छलफल तथा अन्तरक्रियाबाट यस ‘धुलिखेल घोषणा’ पत्र मार्फत सामुदायिक विद्यालय सञ्चालन गर्न प्रतिबद्ध छौँ ।
प्रतिबद्धताहरु :
प्रतिक्रिया दिनुहोस