काभ्रे उद्योग वाणिज्य संघको निर्वाचन आज : अध्यक्षमा ३ जना भिड्दै

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १९, शनिबार मा प्रकाशित १३१ पटक पढिएको
काभ्रे उद्योग वाणिज्य संघको निर्वाचन आज : अध्यक्षमा ३ जना भिड्दै

बनेपा /  काभ्रे उद्योग वाणिज्य संघको ४२ औं बार्षिक साधारणसभा एवं अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ ।

संघको नेतृत्वको लागि ३ जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, विशिष्ट आमन्त्रित सदस्य राजन मानन्धर र अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका वसन्तनारायण भोक्षिभोयाले उम्मेदवारी दिएका छन् ।

प्रताप वैद्य प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ग्रोवेन तौजले, उपाध्यक्षमा उमेश शाक्य र विकास तिमल्सिना, महासचिवमा यशकुमार रन्जित, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ, सचिवमा कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजकमा भिमप्रसाद आचार्य, सहसचिवमा श्यामकुमार भालु (मुनाल) र सहकोषाध्यक्षमा सरोजकाजी श्रेष्ठ छन् ।खुल्ला सदस्य पदमा राजनबहादुर ढकाल, जंगबहादुर महत, नरेशराज कायस्थ, रोशन खुप्पा श्रेष्ठ, श्यामसुन्दर कुवर, विश्वजित भालु श्रेष्ठ, भिमबहादुर कर्मचार्य, सुमन चौप्रधान र गौतम मानन्धर छन् ।

सो समूहबाट बनेपा संयोजक पदमा उम्मेदवारी दिएका लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका वैद्य शिक्षा उद्यमी हुन् । काभ्रे उद्योग वाणिज्य संघ २०६३ सालमा बनेपा संयोजक हुँदै कार्यसमिति सदस्य, सचिव, महासचिव भएका बैद्यले २०७४ सालदेखि हालसम्म वरिष्ठ उपाध्यक्ष हुन् । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णगोपाल भैल, प्रकाश मानन्धरलगायतको समर्थन यो समूहलाई छ ।

राजन मानन्धर प्यानलबाट बरिष्ठ उपाध्यक्षमा रविन्द्र बैदार, उपाध्यक्षमा राजेन्द्र जोशी र सुरेश भोछिभोया, महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा श्रीकृष्ण थापा, सह मुख्य संयोजकमा रवि तौजले, सहसचिवमा रामकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा रामकुमार श्रेष्ठ छन् । खुल्ला सदस्य पदमा हरिशचन्द्र अधिकारी, निर्दोष पलाञ्चोके, श्रीप्रकाश प्रधान, रजेन्द्र पसछें, रहदेव पोटे, नारायणप्रसाद तिमल्सिना (शिव), सजन मानन्धर, डोरनाथ गोतामे र सुरेश श्रेष्ठ छन् ।

सो समूहबाट महिला सदस्यमा उम्मेदवारी दिएका पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, बस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एशोसिएट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध निर्वाचित भइसकेका छन् ।

महासंघका पूर्व अध्यक्ष पूर्ण पलाञ्चोक, लक्ष्मीलाल राजभण्डारी, दियेशरत्न शाक्य र वर्तमान अध्यक्ष राजेन्द्र पसछें लगायतको समर्थन यो समूहलाई छ ।

अघिल्लो अघिवेशनमा अध्यक्षका प्रत्यासी रहेका वसन्तनारायण भोछिभोयाले यो पटक प्यानल निर्माण नगरी अध्यक्ष पदमा पुन दाबेदारी प्रस्तुत गरेका छन् ।

अघिल्लो निर्वाचनमा हाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका तत्कालिन केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, प्रकाश मानन्धर, कृष्ण गोपाल भैल लगायतको समर्थन रहेका भोछिभोयाले गत निर्वाचनमा हार बेहोर्नु परेको थियो । सोही समूहले अहिले अध्यक्ष पदमा प्रताप वैद्यलाई समर्थन गरेको छ ।

२०६५ मा कार्यसमिति सदस्यको रुपमा काभ्रे उद्योग बाणिज्य संघमा प्रवेश गरेर मेला सह संयोजक, मुख्य संयोजक, कोषाध्यक्ष, उपाध्यक्ष तथा अघिल्लो निर्वाचनमा अध्यक्षको प्रत्यासी थिए ।

निर्वाचन समितिका संयोजक कृष्णप्रसाद खनालका अनुसार, १५ पदाधिकारी र १० खुल्ला सदस्य पदको लागि ४९ जनाको उम्मेदवारी परेको छ । ६ पदमा निर्विरोध भएको छ भने ८ जना क्षेत्रगत सदस्य पदमा उम्मेदवारी नै परेको छैन ।


प्रतिक्रिया दिनुहोस