आर्थिक क्षेत्रका धेरै बिषय ओझेलमा परे : मन्त्री भण्डारी  

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २०, आईतबार मा प्रकाशित १४३ पटक पढिएको
आर्थिक क्षेत्रका धेरै बिषय ओझेलमा परे : मन्त्री भण्डारी  

बनेपा  /  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संघीय संसदबाट पारित सरकारको नीति तथा कार्यक्रममा उद्योग, वाणिज्यसहित आर्थिक क्षेत्र ओझेलमा परेको बताएका छन् ।

काभ्रे उद्योग वाणिज्य संघको ४२ औं साधारण सभा तथा अधिवेशनमा बनेपामा बोल्दै उनले नीति तथा कार्यक्रममा आर्थिक क्षेत्रका धेरे बिषयहरु ओझेलमा परेको तर्क गरे । सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि थुप्रै जटिलाहरु हुने भन्दै कार्यान्वयको लागि थुप्रै ऐन, कानून बनाउनुपर्ने बताए । नीजि क्षेत्रका मागलाई नीतिगत रुपमा सम्बोधन गरेर लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गर्ने प्रतिवद्धता जनाए ।

बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले उद्योग व्यवसायबिनाको समाजको परिकल्पना गर्न नसकिने भन्दै उत्पादनमुखी उद्योगमा जोड दिनुपर्ने बताए । अर्थतन्त्र बलियो बनाउन उद्योगमा लगानी, नीतिगत सुधार आवश्यक रहेको तर्क गर्दै मन्त्री लम्सालले बाग्मती प्रदेश  सरकारले आगामी १० बर्षलाई लगानी दशकको रुपमा विकास गर्नुपर्ने बताए ।

पूर्व उद्योगराज्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले उद्योग वाणिज्य क्षेत्रका बिषय आगामी बजेटमा प्राथमिकतामा राखि समावेश गर्न अनुरोध गरे ।

बनेपा नगर प्रमुख शान्तीरत्न शाक्यले विभिन्न कार्यक्रम, योजनासहित उद्योग वाणिज्य संघसंग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, काभ्रेका अध्यक्ष राजेन्द्र पसछें, वरिष्ठ उपाध्यक्ष प्रताप वैद्य लगायतले आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी मारमा रहेको भन्दै त्यसको समाधानको लागि सम्बन्धित पक्षले भूमिका खेल्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस