काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २०, आईतबार मा प्रकाशित २४९ पटक पढिएको
काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित

बनेपा /  काभ्रे उद्योग वाणिज्य संघको ४२ औं बार्षिक साधारणसभा एवं अधिवेशनबाट अध्यक्ष पदमा  प्रताप वैद्य निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी राजन मानन्धलाई ३० मतले हराउँदै वैद्यले बाजी मारेका हुन् । वैद्यले ४ सय ८७ र मानन्धरले ४ सय ५७ मत पाएका हुन् । अध्यक्षका अर्का प्रत्यासी वसन्तनारायण भोछिभोयाले १ सय १७ मत प्राप्त गरेका छन् ।

अध्यक्ष पदका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष बैद्य, विशिष्ट आमन्त्रित सदस्य मानन्धर र अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका भोक्षिभोयाले उम्मेदवारी दिएका थिए ।

बरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार, उपाध्यक्षमा सुरेशभक्त भोछिभोया र उमेशरत्न शाक्य महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजकमा रवि तौजले, सहसचिवमा रामकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा श्यामकुमार भालु (मुनाल) विजयी भएका छन् ।

खुल्ला सदस्य पदमा निर्दोष पलाञ्चोके, रहदेव पोटे, रोशन खुप्पा श्रेष्ठ, सुमनचौ प्रधान, गौतम मानन्धर, सजन मानन्धर, नरेशराज कायस्थ, रजेन्द्र पसछें, राजनबहादुर ढकाल र हरिशचन्द्र अधिकारी निर्वाचित भएका छन् ।

यसअघि बनेपा संयोजक पदमा लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्यमा पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, बस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एशोसिएट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध निर्वाचित भइसकेका छन् ।

१५ पदाधिकारी र १० खुल्ला सदस्य पदको लागि ४९ जनाको उम्मेदवारी परेको थियो ।


प्रतिक्रिया दिनुहोस