भुम्लु र चौरीदेउरालीमा बजार अनुगमन, स्टेश्नरीबाट औषधी विक्री गर्नेलाई जरिवाना

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित १३८ पटक पढिएको
भुम्लु र चौरीदेउरालीमा बजार अनुगमन, स्टेश्नरीबाट औषधी विक्री गर्नेलाई जरिवाना

कोशिपारी  /  जिल्लाका दुई गाउँपालिकामा संयुक्त बजार अनुगमन गरी कैफियत भेटिएकालाई कार्वाही गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको अध्यक्षतामा रहेको जिल्ला बजार अनुगमन समितिले भुम्लु गाउँपालिको केन्द्र सल्ले, चौरीदेउराली गाउँपालिको केन्द्र ढाडखर्क भञ्ज्याङ र कात्तिकेदेउरालीमा रहेको बजारका विभिन्न पसलहरु अनुगमन गरेको समितिका सदस्य सचिव रहेका उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख यज्ञबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार, म्याद नाघेका, अखाद्य वस्तु ग्रामिण भेगमा पठाउने गरिएको गुनासोको आधारमा दुवै गाउँपालिकाका बजार उन्मुख क्षेत्रमा अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा भुम्लु गाउँपालिकाको केन्द्रमा रहेको आर। आर स्टेश्नरीबाटै औषधीहरु विक्री गरेको पाइएपछि ५ हजार जरिवाना गराइएको छ । अनुभवका आधारमा भन्दै सो  स्टेश्नरी सञ्चालन गर्दै आएका राजकुमार लामाले औषधी पनि विक्री गरेको पाइएपछि अनुगमन समितिले जरिवाना गर्ने निर्णय गरेको थियो ।  ती सामानहरु अनुगमन समितिले जफत समेत गरेको छ ।

भुम्लुको केन्द्र सल्लेबजारमा रहेका अधिकांश होटल तथा खाजा घरहरु दर्ता विना नै सञ्चालनमा रहेको भेटिएको थियो । किराना पसलमा लेवल विनाका बेकरीका सामानहरु, मूल्य सूची नभएको, पेट्रोलियम पदार्थ र खाद्य सामाग्री एकै ठाउँमा राखेर विक्री गरेको पाइएको थियो ।

चौरीदेउरालीको केन्द्र डाढखर्कमा रहेका केही होटल तथा पसलहरु दर्ता विना नै सञ्चालनमा रहेको भेटिएको थियो ।

कात्तिकेदेउराली बजारमा रहेका पसलहरु दर्ता भएपनि नियमित नविकरण नभएको र कर नतिरेको भेटिएको थियो । यहाँका डि।पी। एग्रोभेट, प्रेम एग्रोभेटहरु औषधी व्यवस्था विभाको अनुमति विना नै भेटेनरी तथा कृषि सम्बन्धी औषधी, विषादी, विउविजन विक्री गरेको पाइएको थियो ।

सदस्य सचिव रहेका उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख ओलीका अनुसार, चालु आर्थिक बर्षको हालसम्मको अवधीमा ४ सय ५० भन्दा बढी फर्म, पसल, उद्योगमा अनुगमन गरी अखाद्य वस्तुहरु जफलत गर्नुका साथै   २ लाख २७ हजार ५ सय जरिवाना गराइएको छ ।


प्रतिक्रिया दिनुहोस