अरनिको राजमार्गको धुलिखेल–खावा खण्ड पूर्ण रुपमा अवरुद्ध

नौलो समाचार संवाददाता
२०८१ अषाढ २६, बुधबार मा प्रकाशित ४१० पटक पढिएको
अरनिको राजमार्गको धुलिखेल–खावा खण्ड पूर्ण रुपमा अवरुद्ध
तस्वीर : सामाजिक सञ्जालबाट

धुलिखेल /  निर्माणाधिन अरनिको राजमार्गको धुलिखेल–खावा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बर्षाका कारण हिलाम्मे सडकमा यातायातका साधन चल्नै नसक्ने अवस्था भएपछि धुलिखेल नगरपालिका वडा नं ८, पकुचामा दुवैतर्फ बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

बाटो खुलाउन सडक विभागसंग समन्वय गरेर ‘हरसम्भव’ प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस