काभ्रेका दुई प्रतिभा सम्मानित

नौलो समाचार संवाददाता
२०८१ पौष १७, बुधबार मा प्रकाशित १९८ पटक पढिएको
काभ्रेका दुई प्रतिभा सम्मानित

ललितपुर / राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा काभ्रेका दुई प्रतिभा सम्मानित भएका छन् ।

बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज श्रष्टा सम्मान तथा अभिनन्दन समारोहमा विशिष्ठ लेखक तथा साहित्यकार मोहन दुवाल र अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका हुन् ।

दुवाललाई ‘इतिहास/सस्कृतिविद् स्व. ज्ञानमणि नेपाल स्मृति सम्मान – २०८१’ र बजगाईलाई ‘राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान–२०८१’ प्रदान गरिएको हो । राष्ट्रिय मधेश आयोगका अध्यक्ष बिजयकुमार दत्त, दलित आयोग अध्यक्ष देवराज विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मालगायतले उनीहरुलाई सम्मान–प्रदान गरेका थिए ।

साहित्य, सिर्जनासहित बहुआयामिक क्षेत्रमा निरन्तर सकृय रहँदै राष्ट्रको श्रीवृद्धि तथा राष्ट्रको शिर उच्च राख्न अनवरत कृयाशिल दुवाल र दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान दिएबापत अभिनन्दन गरिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

दुवाल ६ दशकदेखि लेखन, साहित्य र साहित्यिक पत्रकारितामा सकृय छन् । नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक/सम्पादक रहेर पत्रकारिता गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस