काठमाडौं / नेपाली कांग्रेसमा आवद्ध युवा एवं व्यवायीहरुले क्यान्सर रोगपीडित तेमालकी महिलालाई सहयोग गरेका छन् ।
तेमाल गाउँपालिका वडा नं ६ काल्धार, माथिल्लो छाप निवासी बेली तामाङलाई सहयोग स्वरुप ३ लाख १३ हजार ६ सय ६५ रुपैयाँ सहयोग गरिएको हो ।
प्रदेश सभा सदस्य तीर्थ लामाको समन्वय तथा युवा व्यवसायी एवं नेपाली कांग्रेसका नेता रमेश तामाङको पहलमा स्वदेश र विदेशमा समेत संकलित रकम प्रदेश सांसद लामाकै उपस्थितिमा हस्तान्तरण गरिएको हो । युवा व्यवसायी एवं नेपाली कांग्रेस जिल्ला सदस्य मुक्ते लामा, सञ्चारकर्मी तथा समाजसेवी पवित्रा लामालगायतले अभियानमा सहयोग गरेका छन् ।
बेली र उनको परिवार स्वयम्भुमा बसेर क्यान्सर उपचार गरिहेको छ ।
यता, तेमाल गाउँपालिका वडा नं ३ का नीलम पन्तलाई पनि सहयोग हस्तान्तरण गरिएको छ । गोडामा समस्या भएर वीर अस्पतालमा उपचाररत पन्तलाई वडा अध्यक्ष विष्णुबहादुर लामाको समन्वयमा संकलित रकम ४३ हजार ८ सय रुपैंया पन्तको परिवारलाई हस्तान्तरण गरिएको हो ।
बिरामीको अवस्थाबारे जानकारी पाएर प्रदेश सभा सदस्य तीर्थ लामा, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मुक्तान, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, जिल्ला सदस्य मुक्ते लामा, युवा व्यवसायी एवं कांग्रेस नेता रमेश तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, बद्रिराज तिमल्सिना, रणबहादुर तामाङ, राज दोङ, विकेश लामालयातले सहयोग रकम जुटाएर सहयोग गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस