डिसिसि कप फुटसलको उपाधी बेलर एकेडेमीलाई

नौलो समाचार संवाददाता
२०८१ माघ १९, शनिबार मा प्रकाशित ६६ पटक पढिएको
डिसिसि कप फुटसलको उपाधी बेलर एकेडेमीलाई

बनेपा / विश्व युवा महोत्सव–२०२५ को पुर्वसन्ध्यामा आयोजित डिसिसि कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधी बेलर इन्टरनेशनल एकेडेमीले जितेको छ ।

३२ टिम सहभागी प्रतियोगितामा पनौतीको भालेश्वर माध्यमिक विद्यालयलाई हराउँदै बेलर इन्टरनेशनल एकेडेमीले बाजी मारेको हो । विजेता टिम बेलरले १ लाख रुपैयाँ र उपविजेता भालेश्वरले ५० हजार रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा बेलरका गौतम श्रेष्ठ उत्कृष्ठ खेलाडी, भालेश्वरका साजन हुमागाई उत्कृष्ट गोलरक्षक ग्रेसल्यान्ड सेकेन्डरी स्कुलका रिजन खत्रीले सर्वाधिक गोलकर्ता हुँदै जनही १० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजयी टिम र खेलाडीलाई जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम लगायतले पुरस्कार प्रदान गरे ।

बेलर इन्टरनेशनल एकेडेमी र आदर्श विद्या मन्दिर (एबिएम) स्कुलको फुटसल मैदानमा भएको प्रतियोगिताको उद्धघाटन संयुक्त रुपमा बेलरको फुटसल मैदानमा गरिएको थियो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको तत्वबधानमा मार्च २७ देखि ३१ तारिखसम्म काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्व युवा महोत्सव–२०२५ हुँदैछ ।

 


प्रतिक्रिया दिनुहोस