आमालाई चिर्पट र गाउँ प्रहरीलाई चुप्पी प्रहार गर्ने खानीखोलाका भुजेल पक्राउ

नौलो समाचार संवाददाता
२०८१ फागुन १८, आईतबार मा प्रकाशित ४४ पटक पढिएको
आमालाई चिर्पट र गाउँ प्रहरीलाई चुप्पी प्रहार गर्ने खानीखोलाका भुजेल पक्राउ
प्रतिकात्मक तस्वीर

तालढुंगाा / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा आमालाई चिर्पट र र गाउँ प्रहरीलाई चुप्पी प्रहार गर्ने वडा नं ५ का २८ बर्षीय विकास भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी टाउकोमा चिपर्ट प्रहार गर्दा ५० बर्षीय आमा सुनमायाको टाउकोमा चोट लागेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र तालढुंगामा उनका उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले जानकारी दिए ।

लगत्तै, भुजेलले गाउँ प्रहरी खानिखोला वडा नं ५ कै ३० वर्षका पाल्साङ लामालाई गाउँपालिकाको गेट अगाडी चुप्पी प्रहार गरी घाइते बनाएका थिए । पाल्साङको छात्ती र ढाडको बायाँ पट्टी चोट लागेको छ । उनलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

भुजेल र हतियार नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस