भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका अन्तर्गत रहेको रोजगार सेवा केन्द्रले रोजगार व्यक्तिको सूचीमा दर्ता हुने आवेदन प्रक्रिया र समय प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी विविध पक्षको जानकारी तथा अभिमुखीकरण गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘श्रमको सम्मान राष्ट्रको अभियान’ अन्तर्गत नमोबुद्ध नगरपालिका भित्र बसोबास गर्ने १८–५९ वर्ष उमेर समूह, स्थानीय जनप्रतिनिधी, नागरिक समाज, वडा समिति, स्थानीय निर्देशक समिति र अन्य सरोकारवालाहरुको सहभागितामा ११ वटै वडामा अभिमुखिकरण गरिएको रोजगार सेवा केन्द्र संयोजक अमृत खनालले जानकारी दिए ।
उनका अनुसार, कार्यस्थलमा आधारित सीप विकास तालिम संचालानार्थ तालिम प्रदायक छनौट भई ४० जना बेरोजगार सूचीमा सूचिकृत व्यक्तिहरुलाई चैत्र २ गतेबाट प्लम्बर र डकर्मी सम्बन्धी तालिम संचालन गरिनेछ । नगरभित्रका विभिन्न वडाहरुमा साझेदारीमा वडागत योजना मार्फत ६५ जनालाई १०० दिनको रोजगारी प्रदान गरिएको उनले जानकारी दिए ।
योजना संचालन पूर्व उपभोक्ता समितिहरुलाई अभिमुखीकरण, योजनाहरुको नियमित अनुगमन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस