पनौती / पनौती नगरपालिकाको वडा नं २ र १२ मा संचालनमा रहेका तिनवटा रोडा ढुंगा उद्योग नगरपालिकाले बिहिबार बन्द गराएको छ ।
खानी तथा भुगर्भ विभागबाट जारी उत्खनन् अविध समाप्त भइसकेको र पटक पटक ताकेता गर्दा समेत बन्द गरेको नदेखिएकोले अर्को निर्णय र आदेश नभएसम्मका लागि पनौती वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रा.लि. र वडा नं १२ मा रहेका भालेश्वर रोडा ढुङ्गा उद्योग प्रा.लि. र दिपलक्षमी एग्रिगेट एण्ड माइनिङ प्रा.लि. बन्द गरिएको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।
नगर कार्यपालिका बैठकको निर्णयको आधारमा ती उद्योग बन्द गराउने निर्णय गरेको प्रमुख भण्डारीले जानकारी दिए ।
नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, वडा नम्बर २ का अध्यक्ष पुरूषोत्तम अधिकारी र वडा न १२ का अध्यक्ष जयराम केसी, शिक्षा निर्देशक प्रणराज न्यौपाने, प्रशासन शाखा प्रमुख शम्भुप्रकाश शर्मालगायत कर्मचारी र सुरक्षा निकाय ती उद्योग क्षेत्रमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस