बनेपा / जिल्ला सहकारी संघ काभ्रेपलाचोकले सहकारी संस्थाहरुमा नगद कारोवारसँग प्रत्यक्ष संलग्न भई कार्य गर्ने कर्मचारीहरुको लागी जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण सम्बन्धी तालिम दिएको छ ।
शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिको संयोजनमा भएको तालिममा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्री श्यामकृष्ण दाहालले सहजीकरण गरेको उपसमिति संयोजक शान्ती लामा तामाङले जानकारी दिइन् ।
तालिममा संघको संचालक समिति, प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठसहित कर्मचारी र सहकारी सस्थाबाट ४७ जनाको सहभागीता थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष अमन पोट श्रेष्ठले बार्षिक कार्ययोजना अन्र्तगत तालिम आयोजना गरिएको भन्दै यसलाई निरन्तरता दिने बताए । तालिमबाट सिकेका ज्ञान र सिपे कार्य क्षेत्रमा सदुपयोग गर्न पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस