बेथानचोक — गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोले बेथानचोकमा क्षति गरेको सडकको पुननिर्माण थालिएको छ ।
गाउँपालिकाको आन्तरिक श्रोतबाट प्रत्येक बर्ष ५ किलोमिटर कालोपत्रे गर्ने नीति अनुरुप तयार भएको सडकको विभिन्न खण्ड गत असोजको बाढी र पहिरोले क्षतिग्रस्त बनाएको थियो ।
पहिलो चरणमा सल्लाफेद–पार्थली–गेल्ढुङ्ग सडकखण्डको पुनर्निर्माण सुरु गरिएको छ । आन्तरिक श्रोतबाट व्यवस्थापन गरेर पुनर्निर्माण थालिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । बर्षा अघि नै सक्ने गरी काम थाल्ने गरी काम थालिएको बताए ।
गाउँपालिकाको विशेष सभाले विभिन्न शीर्षकमा विनियोति रकम रकम कटौती गर्दै पुननिर्माणको लागि बजेट व्यवस्थापन गरेको छ । सल्लाफेद–पार्थली–गेल्ढुङ्ग सडकखण्डका लागि ५ करोड, भन्ज्याङ–गोलगाउँ–भुग्देउ–मेदान्सुअन्तर्गत तिप्चोक–पार्थली सडकखण्ड साढे २ करोड र दाहालभन्ज्याङ हुँदै कामीडाँडाखण्डका लागि साढे २ करोड रकम विनियोजन गरिएको अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस