काभ्रे सेवा समाजको नेतृत्व नेपालले गर्ने

नौलो समाचार संवाददाता
२०८२ बैशाख ६, शनिबार मा प्रकाशित २१९ पटक पढिएको
काभ्रे सेवा समाजको नेतृत्व नेपालले गर्ने

काठमाडौ / काभ्रेपलाञ्चोक जिल्लाको विकास, प्रवद्र्धन र हकहितका लागि स्थापित काभ्रे सेवा समामा पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार काठमाडौमा आयोजित समाजको १३ औं साधारणसभाले नेपाल सरकारका पूर्व सह–सचिव एवं संघीय मामिला विज्ञ नेपालको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरिएको हो ।

निर्वाचन समितिका संयोजक गंगासागर खत्रीका अनुसार, नेपालसहित १७ जना निर्विरोध चयन भएका हुन् । २१ सदस्यीय कार्य समितिका चार जना भने मनोनित गर्ने प्रावधान छ ।

समाजको बरिष्ठ उपाध्यक्षमा पूर्णसिंह खड्का, उपाध्यक्षमा लभराज जोशी, महासचिवमा कमल तिमल्सिना, सचिवमा ओमकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा धनरानी केसी छन् । कार्यसमिति सदस्यमा उद्धवबहादुर थापा, सच्यूतराज उप्रेती, भीमप्रसाद गौतम, केशवराज खरेल, सुकदेव सापकोटा, रामप्रसाद हुमागाई, राममणि अधिकारी, काशीनाथ तिमल्सिना, सरस्वती चिमौरिया, शर्मिला थापा विष्ट र अनिल तामाङ निर्विरोध भएका छन् ।

साधारणसभामा नेपाल बार एशोसियसनका नवनिर्वाचित महासचिव केदार कोइराला र केन्द्रीय सदस्य मुकुन्द अधिकारीका साथै फूल्चोकी क्षेत्रमा हराईरहेका व्यक्तिहरुको उद्धारमा योगदान पुर्याउनु भएका पनौतीका दावा तामाङ र २०८१ साल असोजमा आएको बाढीको कारण बाग्मतीमा ज्यान गुमाउने अवस्थामा पुगेका व्यक्तिहरुलाई ठूलो जोखिम मोलेर ज्यान जोगाउने तेमालका चनिकलाल तामाङलाई सम्मान गरिएको थियो । लोक सेवा आयोगका पूर्व अध्यक्ष एवं काभ्रे सेवा समाजका सल्लाहकार संयोजक उमेश मैनालीले सम्मान गरेका थिए ।

कार्यक्रममा मैनाली, समाजका आजीवन सदस्य मधु आचार्य, नेपाल सरकारका पुर्व सचिव धनबहादुर तामाङ, सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, सम्मानित व्यक्तित्व तामाङ र कोइराला लगायतले जिल्लाको विकासमा सबै एकजुट भएर सक्रियता पूर्वक लाग्नुपर्ने बताए ।

साधारणसभाले महासचिव राघव सिंह थापाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिना श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस