चरुवा / नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित श्री राम माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् ।
शुक्रवार भएको अभिभावक भेलाले तिवारीको अध्यक्षतामा समिति निर्विरोध निर्वाचित गरेको हो । तिवारी तेस्रो पटक सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
समितिको सदस्यहरुमा कुलमान तामाङ, कृष्ण कुँवर, सुमित्रा अधिकारी, चिनीमाया तामाङ, सीता गौतम, केदार अधिकारी, शिक्षक प्रतिनिधीमा ऋषिराम खनाल र सदस्य–सचिवमा प्रधानाध्यापक नवीन जंग शाही छन् ।
त्यस्तै, रामेश्वर परियारको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ । समितिको सदस्यमा कृष्ण तामाङ, लक्ष्मी क्षेत्री, उमेश परियार, रेवती गौतम, गंगा कुँवर, फुलमाया तामाङ, शर्मिला तामाङ, हिरा कुमारी कुँवर र शिक्षक प्रतिनिधिमा रामेश्वर पौडेल छन् ।












प्रतिक्रिया दिनुहोस