पनौती / रोटरी क्लब पनौतीले रोटरी पत्रकारिता र स्वास्थ्य सम्मान प्रदान गरेको छ ।
क्लवका संस्थापक अध्यक्ष एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका प्रा.डा. सुमनराज ताम्राकारले स्वर्गवासी आमा–बुबाको स्मरणमा स्थापना गरेको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ वरिष्ठ पत्रकार मधुसुधन गुरागाईं र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ केयु स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा. मनोज हुमागाईंलाई क्लवको १० औं पदस्थापन कार्यक्रममा प्रदान गरिएको हो ।
स्थापना दिवस (चार्टर डे) कै अवसरमा ती पुरस्कार घोषणा गरिएको थियो । काभ्रेका वा काभ्रेलाई कर्मथलो बनाई उम्दा काम गर्ने सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई दिईने गरी पुरस्कार स्थापना गरिएको हो । दुबै सम्मानको राशी ५/५ हजार रुपैंया र सम्मान पत्र रहेको छ । सम्मानित हुने व्यक्ति वा संस्थाको छनौटका लागि क्लब अध्यक्षसहितको तीन/तीन सदस्यीय अलग–अलग समिति बनाई निर्णय गरिएको थियो ।
यस अघि ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ बाट काभ्रे टाइम्स साप्ताहिक र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट केयु स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्रप्रसाद कोजू सम्मानित भइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस