धुलिखेल / नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकले साधारणसभासंगै सदस्यता विशेष अभियान समापन गरेको छ ।
शनिवार काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजित कार्यक्रममा साधारण सभा र विशेष अभियान समापनसंगै वडा दशैं तथा शुभ दिपावली, छठ, नेपाल सम्वतको अवसरमा शुभकामना आदान–प्रदान र युनियनका गतिविधी सञ्चालन गर्न विभिन्न समयमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सहयोगी संघसंस्थाहरु र नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकमा निर्वाचितलाई बधाईसहित सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै लम्सालले श्रम अधिकारको लागि पहिलो पटक दर्ता भएको प्रेस युनियनले पेशागत हकअधिकारका साथै सरोकारका विषयमा बहस, पैरवी र अन्तरक्रिया थालेको बताए ।
कार्यक्रममा प्रेस युनियनका पुर्व उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरी, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईवा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष भोजराज तिमल्सिना, भोला थापा, महेश पौड्याल, नारायण सापकोटा, मोतीराम तिमल्सिना, निर्वतमान अध्यक्ष बद्रिराज तिमल्सिना, अध्यक्ष विनोद न्यौपाने, प्रेस युनियनका केन्द्रिय सदस्य कपिल कोईराला, प्रेस युनियन बागमती प्रदेशका अध्यक्ष युवराज पुरी, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष रामप्रसाद ढकाल, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष दिनेश खरेल, फोनिजका अध्यक्ष इन्द्रबहादुर थापा, नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकका अध्यक्ष नगेन्द्र अधिकारी, सचिव शुभराज अधिकारी लगायतले पत्रकारिताका विभिन्न पक्षबारे चर्चा गरेका थिए ।

साधरणसभामा प्रस्तुत अध्यक्ष नगेन्द्र अधिकारीको प्रगति प्रतिवेदन, सचिव शुभराज अधिकारीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सरोज अधिकारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ ।
प्रतिक्रिया दिनुहोस