धुलिखेल / होटल सारथी लिमिटेडका प्रल्हाद प्याकुरेलको अध्यक्षतामा होटल एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकको नयाँ कार्यसमिति गठन गरिएको छ ।
निवर्तमान अध्यक्ष प्रेमकण्ठ माकाजू धुलिखेल नगरपालिकाले गठन गरेको पर्यटन परिषद्को उपाध्यक्ष चयन भएपछि समिति पुनर्गठन गरिएको हो ।
उपाध्यक्षमा माउन्ट प्रिन्सेस होटलका ज्योत्स्ना सैंजु, महासचिवमा धुलिखेल लज रिसोर्टका जुलिया माकाजु श्रेष्ठ र कोषाध्यक्षमा होटल हिमालयन होराइजन क्षितीज श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा बल्थली भिलेज रिसोर्टका आशिष हुमागाईं, हिमालयन दृश्य रिसोर्टका श्यामकाजी महत, जुगल होटलका टोम सापकोटा, धुलिखेल माउन्टेन रिसोर्टका लीना खड्का श्रेष्ठ र जेरेनियम गार्डेन रिसोर्टका मनीष श्रेष्ठ छन् ।
प्रतिक्रिया दिनुहोस