सहकारी दिवसमा उद्यमशीलता र पारदर्शिताबारे अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८२ चैत्र १६, सोमबार मा प्रकाशित ४८१ पटक पढिएको

सहकारी दिवसमा उद्यमशीलता र पारदर्शिताबारे अन्तरक्रिया

बनेपा / जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता’ बारे अन्तरक्रिया गरेको छ ।

महिला विकास उपसमितिको आयोजनामा भएको अन्तरक्रियामा सहकारीमा महिला उद्यमशिलता विकासबारे छलफल गरियो ।

महिला उद्यमी दिक्षा पौडेलले प्रशिक्षणका क्रममा सहकारीमार्फत उद्यमशिलता विकास, वित्त व्यवस्थापन, बजारिकरण, नवप्रवर्तन लगायतका विषयमा सहजीकरण गरिन् ।

कार्यक्रममा बनेपा नगरपालिकाकी नगर उप–प्रमुख बिमला सापकोटा, सामाजिक विकास शाखा प्रमुख मन्जु कार्की, संघका अध्यक्ष अमन पोटे श्रेष्ठ, सचिव प्रकाश बञ्जारा, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, संचालक सदस्य तथा महिला विकास उपसमिति संयोजक अम्बिका तिमल्सिना, महिला विकास उपसमितिका सदस्य रामशोभा खड्कालगायतले सहकारीमार्फत महिला उद्यमशिलता विकास आजको आवश्यकता भएको भन्दै सहकारी क्षेत्रको सुदृढीकरणसँगै महिला उद्यमशिलता विकासलाई जोड दिनुपर्ने तर्क गरे ।

कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू, लेखा सुपरिवेक्षण समितिका सदस्यहरू, सल्लाहकारहरू, विभिन्न उपसमितिका सदस्यहरू, कर्मचारीहरू लगायत विभिन्न सहकारी संस्थाका ४४ जना प्रतिनिधिहरूको सहभागिता थियो ।

सहकारीमार्फत महिला उद्यमशिलता प्रवर्द्धन गर्ने उद्देश्यमा कार्यक्रम प्रभावकारी रहेको संघका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस