बाँदर धपाउन राखेको विद्युतीय धरापमा परेर बृद्धाको मृत्यु

नौलो समाचार संवाददाता
२०८३ अषाढ ५, शुक्रबार मा प्रकाशित २९ पटक पढिएको

बाँदर धपाउन राखेको विद्युतीय धरापमा परेर बृद्धाको मृत्यु
प्रतिकात्मक तस्वीर

पनौती / बाँदर धपाउन आफ्नै बारीमा राखेको विद्युतीय धरापमा परेर काभ्रेको पनौती नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ।

पनौती नगरपालिका वडा नं. १२ महभिर बस्ने ६८ वर्षीया कमला मुल्मीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।

बारीमा लगाइएको काँक्रो खेतीमा बाँदरले दुःख दिएपछि नियन्त्रणका लागि थापिएको विद्युतिय धरापमा कमला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालय बनेपा, काभ्रेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको  घटनास्थल अपराध अनुसन्धान ‘सोको’ टोलीले घटनास्थलको कानुनी प्रक्रिया र मुचुल्का तयार गरेर शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस