काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले ल्याए बजेट

नौलो समाचार संवाददाता
२०८३ अषाढ १०, बुधबार मा प्रकाशित ३३ पटक पढिएको

काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले ल्याए बजेट

बनेपा / काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् ।

असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरुप काभ्रेपलाञ्चोकका सबै स्थानीय तहले १० गते भित्रै नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । नमोबुद्ध नगरपालिका, महाभारत र चौरीदेउराली गाउँपालिकाले १० गते अगावै पेश गरिसकेका छन् ।

सबैभन्दा ठूलो आकारको बजेट पनौती नगरपालिकाले ल्याएको छ ।

पनौतीले आगामी वर्षको १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मण्डनदेउपुर नगरपालिकाले १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ पु¥याएको छ । गत बर्ष भन्दा २० करोड ९० लाख रुपैयाँ बजेट बृद्धि भएको छ ।

पाँचखाल नगरपालिकाले ९६ करोड ६१ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तु गरेको छ । नमोबुद्ध नगरपालिकाले ९१ करोड ३६ लाख ८३ हजार ९ सय १८ रुपैयाँ, धुलिखेल नगरपालिकाले २३ करोड २६ लाख ५४ हजार रुपैंयाको बजेट ल्याएको छ । रोशी गाउँपालिकाले ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँ, महाभारत गाउँपालिकाले ६६ करोड ८९ लाख रुपैंया, तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६ हजार ६ सय ४० रुपैंयाको बजेट प्रस्तुत गरेका छन् ।
बनेपा नगरपालिकाले १ अर्ब २१ करोड ३ लाख ४६ हजार ३ सय ८५ रुपैंयाको बजेट सार्वजनिक गरेको छ । चौरीदेउराली गाउ“पालिकाले आर्थिक वर्षको लागि ५६ करोड ७३ लाख ८२ हजार १८० रुपैंया सार्वजनिक गरेको छ ।

त्यस्तै खानीखोला गाउँपालिकाको गत वर्षको बजेट ५२ करोड २३ लाख रुपैयाँबाट घटेर ५० करोड ५ लाख ५५ हजार रुपैंया पुगेको छ । भुम्लु गाउँपालिकाले गत वर्षको बजेट भन्दा यो बर्ष कम बजेट प्रस्तुत गर्दै ६१ करोड २९ लाख १६ हजार ५९८ रुपैंया सार्वजनिक गरेको छ । बेथानचोक गाउँपालिकाले अघिल्लो वर्ष ६४ करोड ७३ लाख ५ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकोमा यस आर्थिक वर्षको लागि ६४ करोड ३५ लाख ६९ हजार रुपैंयाको बजेट प्रस्तुत गरेको छ ।





प्रतिक्रिया दिनुहोस