रोशी गाउँपालिकाले जग्गादातालाई गर्यो सम्मान

नौलो समाचार संवाददाता
२०८३ अषाढ ३०, मंगलबार मा प्रकाशित ६२ पटक पढिएको

रोशी गाउँपालिकाले जग्गादातालाई गर्यो सम्मान

अमलटार / प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा दिने जग्गादाताहरुलाई रोशी गाउँपालिकाले सम्मान गरेको छ ।

मंगलवार गाउँपालिकामा आयोजित कार्यक्रममा रोशी गाउँपालिका वडा नं ७, चिप्ले निवासी दीर्घसिं तामाङका नाति शंखसिंका छोरा ईन्द्र सिं, बुद्धिसिद्धी, मोहन सिं तामाङ, सोही वडा निवासी चाम्पसिंका नाति दीर्घसिंका छोरा स्व.च्याङ्वा लामा, स्व.चन्द्र सिं लामा, दीर्घसिंका नाति चन्द्र सिंका छोरा बम बहादुर लामा,धनबहादुर लामा र सोही वडाको कामीडाँडा निवासी सार्कीमानका छोरा चतुरमान लामा र माइला लामालाई सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा र प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले उनीहरूलाई सम्मान गरेका थिए ।

सोही कार्यक्रममा गाउँपालिकामा लामो समय कार्यरत रही अवकाश पाएका र अन्यत्र सरुवा भएका शिक्षकलाई बिदाई, तह वृद्धि र नयाँ नियुक्त शिक्षकलाई स्वागत सहित बधाई ज्ञापन गरियो ।

चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा नं ४, ६ र ९ को मेलमिलाप केन्द्रलाई सम्मान गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस