अस्पताल नेतृत्व तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन पहिलाेपटक धुलिखेल अस्पतालमा

नौलो समाचार संवाददाता
२०८३ श्रावण १६, शनिबार मा प्रकाशित ६२ पटक पढिएको

अस्पताल नेतृत्व तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन पहिलाेपटक धुलिखेल अस्पतालमा

धुलिखेल / अस्पताल नेतृत्व तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन धुलिखेल अस्पतालमा आयोजना गरिएको छ ।

धुलिखेल अस्पतालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा देशभरका विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीका साथै अस्पताल व्यवस्थापनमा कृयाशिल व्यक्तित्व सहभागी थिए ।

कार्यक्रममा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक तथा अध्यक्ष रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अस्पतालहरूलाई उपचार केन्द्रबाट जनस्वास्थ्यका संवाहकमा रूपान्तरण गर्ने सम्बन्धमा र फोन्टाना मेडिकल सेन्टरका पेडियाट्रिक क्रिटिकल केयर निर्देशक डा. मुदित माथुरले स्वास्थ्य सेवाको गुणस्तर सुधार र बिरामी सुरक्षा विषयमा विशेष सम्बोधन गरेका थिए ।

कार्यक्रमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. सुवास आचार्यले स्वास्थ्य सेवाको गुणस्तर, बिरामी सुरक्षा, र क्लिनिकल अभ्यास, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अस्पताल सञ्चालन, दक्षता र दिगोपना, उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एन्ड एलाइड साइन्सेज, बाँसबारीका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले गुणस्तर, बिरामी सुरक्षा, र अस्पतालको कार्यसम्पादन, नेपाल हेल्थकेयर म्यानेजर्स एसोसिएसनका अध्यक्ष समेत रहेका सुवेक्षा इन्टरनेशनल अस्पताल प्रमुख कार्यकारी अधिकृत डा. होम प्रसाद अधिकारीले स्वास्थ्य सेवा नेतृत्व र जनशक्ति विकास, विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. डेनिस कार्कीले सुधार परियोजनाहरूमा बिजनेस केस स्टडीज र धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले मर्निङ सिन्थेसिस र आफ्टरनुन ब्रिफिङबारे अनुभवसहितको कार्यपत्र प्रस्तुत गरे ।

सम्मेलनकै दौरान समानान्तर रुपमा विभिन्न कार्यशाला सञ्चालन गरिएका थिए । किष्ट अस्पतालका महाप्रबन्धक साजन राज भण्डारीले स्वास्थ्य सेवा गुणस्तर, बिरामी सुरक्षा र क्लिनिकल उत्कृष्टता, त्रिशूली अस्पताल, नुवाकोटका अस्पताल निर्देशक डा. राजेन्द्र लामाले नवप्रवर्तन, डिजिटल स्वास्थ्य, र भविष्यको हेरचाह मोडेलहरु र नेशनल ओपन कलेजका सह–प्राध्यापक महेश मास्केले स्वास्थ्य सेवा, नेतृत्व र जनशक्ति विकासबारे कार्यपत्र प्रस्तुुत गरे । आत्मिय अस्पतालका कार्यकारी निर्देशक सन्जीव केसीले सामुदायिक संलग्नता र जनस्वास्थ्य, रसुवा अस्पतालका जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन डा. सुनील कुमार दासले अस्पताल सञ्चालन, प्रभावकारीता र दिगोपना र न्याय हेल्थका कार्यक्रम तथा साझेदारी निर्देशक सिर्जना सापकोटाले साझेदारी, अनुसन्धान र स्वास्थ्य प्रणाली सहकार्यबारे कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रमा सहभागीहरुले आगामी दिनमा अस्पतालहरुको सहकार्यबारे चर्चा गर्दै विभिन्न कार्ययोजना प्रस्ताव गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचनले स्वास्थ्य सेवाको क्षेत्रमा गर्नुपर्ने सुधारका लागि सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे । धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कण्ठ माकजू श्रेष्ठ, मेडिकल निर्देशक डा. बलराम मल्ल, प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्यलगायतले अस्पतालहरुविच सहकार्य र यसको प्रभावकारीबारे चर्चा गरेका थिए ।






प्रतिक्रिया दिनुहोस