काठमाडौं / रोटरी क्लब अफ काठमाडौं हाइटको रोटा वर्ष २०२६/२७ का लागि श्रीकृष्ण धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिमा निवर्तमान अध्यक्ष अरुण शर्मा, निर्वाचित अध्यक्ष दीपक तिवारी, उपाध्यक्ष अमित सापकोटा, सचिव विदुर सत्याल, सह-सचिव समिर नेपाल, कोषाध्यक्ष गोमा बजगाईं, सार्जेन्ट एट आर्म्स दुर्गा सापकोटा, क्लब सम्पादक राजाराम जोशी, सेवा संयोजक अबिन तुलाधर, टि.आर.एफ. संयोजक सबिता काफ्ले, पब्लिक इमेज संयोजक सुनिल बस्नेत, सदस्यता संयोजक अंगीराश कार्की, प्रशासनिक संयोजक गोविन्द बानिया छन् । क्लवका सल्लाहकारमा संस्थापक अध्यक्ष समीर नेपाल, पूर्व अध्यक्षहरु मन्जुशा श्रेष्ठ, सुमीरा श्रेष्ठ, राजाराम जोशी, सचिन अवाले छन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर विष्णुबहादुर कार्की, नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बास, धुलिखेल अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु, फुलब्राईट कमिसका नेपाल निर्देशक निक ल्याङटन,रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गर्भनर राजेन्द्रमान शेरचन, केशव बहादुर कुँवरको समुपस्थितिमा कार्यसमितिको १० औं पदस्थापन गरिएको हो ।
कार्यक्रममा रोटा वर्ष २०२५/२६का अध्यक्ष अरुण शर्माले आफ्नो कार्यकालमा गरेका सामाजिक कार्यहरू बारे जानकारी गराउँदै यो वर्ष झापा देखि हुम्ला सम्मको भूगोलमा आफ्नो सेवा पुर्याएको बताए । रोटा वर्ष २०२६/२७ का अध्यक्ष श्रीकृष्ण धितालले युवा उद्यशीलता, कृषि, वातावरण, पानी र स्वच्छता, खाद्य सुरक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने बताउँदै वर्षभरि गरिने कार्यले दीर्घकालीन प्रभाव पार्नुपर्ने बताए ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर बिष्णुबहादुर कार्कीले विभिन्न क्षेत्रमा काम गरेपनि कुनै एक गाउँमा केन्द्रित भएर सामाजिक काम गरे त्यसले नतिजा र प्रभाव देखिने बताए ।
नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले क्लव र यसका अध्यक्ष श्रीकृष्ण धितालले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै निरन्तरताको कामना गरे ।

कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी लक्ष्मण ज्ञवाली, रोटरी क्लब अफ काठमाडौं हाइटका पूर्व अध्यक्ष सुमीरा श्रेष्ठ, उपाध्यक्ष अमित सापकोटा, सचिव विदुर सत्याल लगायतले रोटरीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।





प्रतिक्रिया दिनुहोस