दशैं-तिहारमा जनतालाई राहत, अवरुद्ध सडक खुलाउन रोशीका सबै वडालाई ३ लाख

नौलो समाचार संवाददाता
२०७८ आश्विन १८, सोमबार मा प्रकाशित ६९६ पटक पढिएको

दशैं-तिहारमा जनतालाई राहत, अवरुद्ध सडक खुलाउन रोशीका सबै वडालाई ३ लाख

असोज १८, काभ्रे। अवरुद्ध सडक खुलाउन रोशी गाउँपालिकाका प्रत्येक वडालाई ३ लाख विनियोजन गरेको छ।

वर्षाका कारण अवरुद्ध सडक खुलाउन काभ्रेको रोशी गाँउपालिकाको प्रत्येक वडालाई तीन लाख रुपौया बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत परशुराम घिमिरेले जानकारी दिनुुभयो।

उहाका अनुसार दसैं तथा तिहारलाई लक्षित गरेर पालिकाभित्र रहेका सबै सडक मर्मत र सरसफाईका लागि प्रत्येक वडालाई तीन/तीन लाख रुपौयाँ छुट्याईएको छ ।

वर्षातका कारण ग्रामीण सडक मर्मत नहुँदा स्थानीय सास्ती खेप्न बाध्य भएपछि गाउँपालिकाले सडक मर्मत संभारका लागि उक्त रकम विनियोजन गरेको हो ।






प्रतिक्रिया दिनुहोस