अमेरिकाले दिएकाे १ लाख ६२० फाइजर खोप सोमवार नेपाल आइपुग्दै

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ७, आईतबार मा प्रकाशित ७४५ पटक पढिएको

अमेरिकाले दिएकाे १ लाख ६२० फाइजर खोप सोमवार नेपाल आइपुग्दै

कात्तिक ७, काठमाडौं। अमेरिकाबाट १ लाख ६२० डोज फाइजर खोप सोमवार नेपाल आइपुग्ने भएको छ।

नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत दिएकाे जानकारी अनुसार खाेप भाेलि साेमवारसम्म नेपाल आइपुग्ने भएकाे छ।

अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस अघिनै जनाइसकेको छ ।

यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।






प्रतिक्रिया दिनुहोस