हेलम्बुको सुर्सिङ गाउँमा आगलागी हुदा तीन जना बालकको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ मंसिर ७, मंगलबार मा प्रकाशित ६४३ पटक पढिएको
हेलम्बुको सुर्सिङ गाउँमा आगलागी हुदा तीन जना बालकको मृत्यु

मंसिर ७, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको ज्यान गएको छ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको हो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा हिजो बेलुका सात बजेतिर आगो लागेको हो।

गोठमा सल्किएको आगोले घर पनि जलेर नष्ट भएको छ। आगो लागे पछि बालबालिका घर बाहिर निस्कन नसक्दा उनीहरुको ज्यान गएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो।

उहाँकाअनुसार आगो लागेको समयमा अभिभावक घरमा थिएनन् । आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, त्यहीँ गाउँका सुकमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको ज्यान गएको हो ।

आगो गएराति नै नियन्त्रणमा आएको छ।

प्रतिक्रिया दिनुहोस