गाडीको ठक्करबाट पनौतीका सुजनको मृत्यु, १ जना घाइते

नौलो समाचार संवाददाता
२०७८ मंसिर १९, आईतबार मा प्रकाशित १८१७ पटक पढिएको

गाडीको ठक्करबाट पनौतीका सुजनको मृत्यु, १ जना घाइते

मंसिर १९, काभ्रे। काठमाडौंको थापाथलीमा गाडीको ठक्करबाट काभ्रे पनौती घर भएका सुजन सापकोटाको मृत्यु भएको छ।

काठमाडौँको थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्क र दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर भइ अहिले काठमाडौँस्थित सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटरमा पछाडि सवार काभ्रेको पनौती घर भइ सीतापाइला बस्ने २२ वर्षका आशिष हुमागाईँ घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

हुमागाईँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा सिंहदरबारल नियरनत्रणमा लिएको छ ।






प्रतिक्रिया दिनुहोस


↑