एकैदिन कोरोनाबाट १४ जनाको मृत्यु, ३१७५ संक्रमित

नौलो समाचार संवाददाता
२०७८ माघ २०, बिहिबार मा प्रकाशित ८७८ पटक पढिएको

एकैदिन कोरोनाबाट १४ जनाको मृत्यु, ३१७५ संक्रमित

माघ २०, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १२ हजार ६०५ नमुनामा परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज (बिहीबार) ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।






प्रतिक्रिया दिनुहोस