जबरजस्ती करणी मुद्दामा फरार बेथानचोकका बुद्धलाल तामाङ पक्राउ

नौलो समाचार संवाददाता
२०७८ फागुन १०, मंगलबार मा प्रकाशित ९२७ पटक पढिएको

जबरजस्ती करणी मुद्दामा फरार बेथानचोकका बुद्धलाल तामाङ पक्राउ

फागुन १०, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेले जबरजस्तीकरणी मुद्दामा फरार बुद्धलाल तामाङलाई पक्राउ गरेको छ ।

बेथानचोक गाउँपालिका वडा नम्बर ६ घर भएका ३६ बर्षीय बुद्धलाल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रह री कार्यालय काभ्रेले जनाएको छ ।

अदालतको फैसलापछि तामाङ भारतमा लामो समय बिताएर नेपाल फर्किएका थिए । भारतबाट आफ्नो घरमा आई, लुकीछिपी बसीरहेको भन्ने बिशेष सूचनाको आधारमा पुगेको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला अदालतको थुनछेक आदेशपछि तामाङलाई पुर्पक्षका लाखि थुनामा राख्न कारागार कार्यालय काभ्रेमा चलान गरिएको छ ।

काभ्रे प्रहरीले नाताकायम मुद्दा शिर्षकमा फरार बनेपा नगरपालिका वडा नम्बर १० का ५० बर्षीय पदमा श्रेष्ठलाई पक्राउ गरेको छ ।






प्रतिक्रिया दिनुहोस


↑