साँगामा सवारीको ठक्करबाट बनेपाका तामाङको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ फागुन १२, बिहिबार मा प्रकाशित १०४६ पटक पढिएको

साँगामा सवारीको ठक्करबाट बनेपाका तामाङको मृत्यु

फागुन १२, काभ्रे। साँगामा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।

अरनिको राजमार्ग अन्तर्गत साँगामा गएराति सवारी साधनले ठक्कर दिँदा बनेपाका विशाल तामाङको मृत्यु भएको हो ।

मृतक तामाङ बनेपा नगरपालिका वडा नम्बर १४ बस्ने र उमेर ३१ बर्ष रहेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज राजन कोइरालाले जानकारी दिनुभयो ।

रातको समय भएकोले ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन । यधपी तिपरले ठक्कर दिएको हुनसक्ने आशंका गरिएको छ।

ठक्कर दिने सवारी साधनको खोजी भइरहेको कोइरालाले बताउनुभयो।






प्रतिक्रिया दिनुहोस