नेकपा एसद्वारा पाँचखाल नगरपालिका-८ मा वडा कमिटी गठन

नौलो समाचार संवाददाता
२०७८ चैत्र ६, आईतबार मा प्रकाशित ८८२ पटक पढिएको
नेकपा एसद्वारा पाँचखाल नगरपालिका-८ मा वडा कमिटी गठन

चैत ६, काभ्रे। नेकपा (एकीकृत समाजवादी) काभ्रेले पाँचखाल नगरपालिका वडा नम्बर ८ मा वडा कमिटी गठन गरेको छ।

शनिबार भएको भेलाले देवेन्द्र के.सीको अध्यक्षमा २३ सदस्यीय वडा कमिटी गठन गरेको हो।

भेलालाई सम्बोधन गर्दै सांसद एवं नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटी सचिब लक्ष्मण लम्सालले संगठनलाई चलायमान बनाउन निर्देशन दिनुभयो। उहाँले स्थानीय तहको निर्वाचन नजिकिएकाले संगठनलाई जनताको घर-घरसम्म पुर्याउन जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा नेकपा एस पाँचखाल नगर कमिटी ईन्चार्ज ओपी लामिछाने, नगर कमिटी अध्यक्ष रविन्द्र सिपखान, नगर कमिटी सचिब सूर्य भेटवाल लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस