बेथानचोकमा ११ सदस्यीय पालिकास्तरीय प्रेस सेन्टर कमिटी गठन

नौलो समाचार संवाददाता
२०७८ चैत्र १३, आईतबार मा प्रकाशित ७२४ पटक पढिएको

बेथानचोकमा ११ सदस्यीय पालिकास्तरीय प्रेस सेन्टर कमिटी गठन

चैत १३, काभ्रे। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर काभ्रेको बेथाञ्चोक गाउँपालिकामा ११ सदस्यीय पालिकास्तरीय प्रेस सेन्टर कमिटी गठन भएको छ।

माओवादी केन्द्र बेथाञ्चोक गाउँपालिका कमिटिकी अध्यक्ष तारा रानाको संयोजकत्व र प्रेस सेन्टर काभ्रेका उपाध्यक्ष नवराज अधिकारीको उपस्थितीमा कमिटी गठन गरिएको हो।

कमिटीको अध्यक्षमा जीवन लामा चयन हुनुभएको छ।

यस्तै, उपाध्यक्षमा सुनिल तिमल्सिना चयन हुनुभएको छ भने महिला उपाध्यक्ष्यमा आरती तिमल्सिना कोषाध्यक्षमा चित्र प्रसाद घिमिरे सचिवमा मनिषा सापकोटा चयन हुनुभएको छ।

यस्तै, सदस्यहरुमा निराजन तिमल्सिना, आकाश तामाङ, शान्ती भुजेल, कृतिका सापकोटा, सबिता तिमल्सिना र सुमित्रा तिमल्सिना चयन हुनुभएको छ।

६ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक वडाबाट एक-एक जना पत्रकारको प्रतिनिधित्व हुनेगरि कमिटी गठन गरिएको हो।

प्रतिक्रिया दिनुहोस