काभ्रेको नमोबुद्धका मेयर आकांक्षी पाण्डेमाथि आक्रमण

नौलो समाचार संवाददाता
२०७९ बैशाख ११, आईतबार मा प्रकाशित ४९४ पटक पढिएको
काभ्रेको नमोबुद्धका मेयर आकांक्षी पाण्डेमाथि आक्रमण

बैशाख ११, काभ्रे। काभ्रेको नमोबुद्ध नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरको दावी गरेका रोशन पाण्डेमाथि आक्रमण भएको छ। आज आज (आइतबार) साँझ काँग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाको समूहले उहाँमाथि कुटपिट गरेको आरोप छ।

पाण्डेको बेनपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। बनेपा भिलेज रिसोर्टमा बैठक बसिरहेको बेला पाण्डेमाथि आक्रमण भएको थियो। रोशन पाण्डे काँग्रेस निकट क्रियाशील पत्रकार समेत हुन्।

टिकट वितरणबारे निर्णायक छलफल भइरहँदा अर्को समूहले अचानक मास आक्रमण गरेको बताइएको छ। आक्रमणबाट पाण्डेका शरीरमा चोटपटक लागेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको बताउनुभयो। नमोबुद्ध नगरपालिकामा टिकट वितरणबारे कांग्रेसभित्र आन्तरिक विवाद रहेको थियो।

प्रतिक्रिया दिनुहोस