पनौती वडा नम्बर १ मा कांग्रेसले बाजी मार्यो

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १, आईतबार मा प्रकाशित ११०९ पटक पढिएको

पनौती वडा नम्बर १ मा कांग्रेसले बाजी मार्यो

जेठ १, काभ्रे। पनौती वडा नम्बर १ को अध्यक्षमा कांग्रेसले बाजी मारेको छ।

एमालेको गढ मानिएको वडा नम्बर १ मा कांग्रेका जयबहादुर लामाले विजय प्राप्त गर्नुभएको छ।

जयबहादुर लामाले प्रतिद्धन्द्धी एमालेका विरमान तामाङलाई २२५ मतान्तरले पराजित गर्नुभएको हो।

लामाले १५९३ मत प्राप्त गर्दा एमालेका विरमान तामाङले १३६८ मत प्राप्त गर्नुभयो।

वडामा प्यानलसहित सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचन लामा एमालेका गुणनाथ सापकोटासँग ४०५ मतान्तरले पराजित हुनुभएको थियो।






प्रतिक्रिया दिनुहोस