बनेपा धनेश्वरमा बोलेरोको ठक्करबाट बालकको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार मा प्रकाशित ८३५ पटक पढिएको
बनेपा धनेश्वरमा बोलेरोको ठक्करबाट बालकको मृत्यु

जेठ २०, काभ्रे। बनेपा पनौती सडक खण्डको धनेश्वर बोलेरोको ठक्करबाट बालकको मृत्युभएको छ।

बनेपा नगरपालिका वडा नम्बर-११ स्थित धनेश्वरमा बोलेरोको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिकाका पाँच वर्षीय आशिष अधिकारी रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो। उहाँका अनुसार बोलेरोको ठक्करबाट घाइते अधिकारीको उपचारको क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

पनौतीबाट बनेपातर्फ आउँदै गरेको बागमती प्रदेश ३, २२ च ३२९१ नम्बरको बोलेरोले विद्यालयबाट घर फर्कने क्रममा बालकलाई ठक्कर दिएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो। बालक बनेपा नगरपालिका-११ स्थित धनेश्वर आधारभूत विद्यालयमा नर्सरीमा अध्ययनरत थिए।

बालकको शव बनेपास्थित शिर मेमोरियल अस्पतालमा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बोलेरो चालक र बोलेरो गाडी प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस