काभ्रे खानीखोलामा मिनिट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ अषाढ २, बिहिबार मा प्रकाशित १००७ पटक पढिएको

काभ्रे खानीखोलामा मिनिट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

असार २, काभ्रे। काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं ४ पुरानागाउँमा मिनिट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार आज (बिहीबार) मिनिट्रक दुर्घटनामा चालक ललितपुरस्थित बागमती गाउँपालिकाका अन्दाजी ५८ बर्षीय रामप्रसाद तिमल्सिनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तिमल्सिनाको उपचारको लागि धुलिखेल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको खतिवडाले जानकारी दिनुभयो।

बा. ३ ख ५६२४ नम्बरको मिनिट्रक काठमाडौंबाट केन्द्रीय विद्युत प्रसारण लाइनको तार लिई खानीखोला गाउँपालिका–३ मा पु¥याई फर्कने क्रममा वडा नं. ४ स्थित पुरानोगाउँमा दुर्घटना भएको खतिवडाले जानकारी दिनुभयो।






प्रतिक्रिया दिनुहोस